एलएन गच्छदार – काठमाडौँ, २९ जेठ । सार्वजनिक यातायात महासङ्घका केन्द्रीय सदस्य दीपेन्द्र घिमिरेले भन्छन्, “बैँकले फोन गरेर किस्ता तिर्नका लागि दबाब दिइरहेको छ, मरौँ कि बाँचौँ बैँकलाई मतलब छैन तत्काल ब्याज बुझाउनका लागि दबाब दिइरहेको छ ।”
बिहीबार सुनसरीको इटहरीमा सावर्जानिक यातायात केन्द्रीय महासङ्घ नेपाल प्रदेश १ को आयोजनामा गरिएको पत्रकार सम्मेलन घिमिरेले लकडाउनले गर्दा बैँको ब्याज बुझाउन नसक्ने स्थिति भएको तर मरौँ कि बाँचौँ बैँकले मतलब नगरी ब्याज बुझाउन दबाब गरिरहेको बताएका हुन ।
प्रदेश १ मा मात्रै २० हजार बढी सार्वजनिक यातायात रहेको र एक लाख बढी मानिसहरूले रोजगारी पाएका थिए । तर लकडाउनमा यति बेला यातायात मजदुर र व्यवसायी निकै मारमा परेको छन् । सम्बन्धित निकायबाट सम्बोधन नभएको भन्ने यातायात व्यावसायिक गुनासो रहेको छ ।
सेण्डिकेट र बन्द हडताल नगरौँ, लगानी गरौँ रोजगारी बढाऔँ, आम्दानी गरौँ कर तिरौँ भन्ने नाराका साथ पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनका सार्वजनिक यातायात महासङ्घका केन्द्रीय सदस्य दीपेन्द्र घिमिरेले कोरोना भाइरसका कारण बन्द भएकाले मजदुरहरू समस्या रहेको बताउँदै, अबका दिनमा मजदुरहरूलाई आवश्यक राहत सामाग्री उपलब्ध गराउन सक्ने हैसियत नरहेको उनले बताए ।
सार्वजनिक सवारीका साधन चल्न भनिए पनि सरकारले यातायात मजदुरहरूका लागि आवश्यक राहत प्याकेज नल्याएको र सुरक्षाको व्यवस्था विना सञ्चालन गर्न नसकिने बताएका छन् । प्रदेश १ सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालका महासचिव रमेश खत्रीले बताएका छन् । व्यवसायी र मजदुर निकै मारमा परेको भन्दै सरकारलाई चाबी बुझाउने चेतावनी दिएका छन् ।
बुधवार प्रदेश १ मुख्यमन्त्री कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय लगायतमा शेरधन राईलाई ९ बुँदे माग राखी ज्ञापन पत्र बुझाएको थियो । प्रदेश १ सरकारले नीति तथा कार्यक्रममा समेत यातायात मजदुर र व्यवसायीको माग सम्बोधन नगरेको प्रति समेत ध्यानाकर्षण गराएको सार्वजनिक यातायात केन्द्रीय महासङ्घ १ नं प्रदेश अध्यक्ष महेन्द्र अधिकारकीले जनाएका छन् ।
सवारी दुर्घटनाबाट घाइते भएका मानिसहरूलाई र यातायात मजदुरहरूलाई उपचार गर्नका लागि प्रदेश सरकारले प्रत्यक्ष लगानीमा सुविधा सम्पन्न प्रदेश स्तरीय ट्रमा हस्पिटल निर्माण गरिनुपर्ने यातायात व्यवसायीहरूको माग रहेको छ ।