बेलबारीमा ‘मेमोरी ट्रेनिङ र क्रिएटिभ लार्निङ’सहित लोकसेवा तयारी कक्षा सुरु हुँदै


बेलबारी (मोरङ)। बेलबारी नगरपालिका–१ मा रहेको पाराङहा कोरियन भाषा केन्द्रले “मेमोरी ट्रेनिङ र क्रिएटिभ लार्निङ” तथा “लोकसेवा सम्बन्धी तयारी कक्षा” सञ्चालन गर्ने भएको छ । बिहीबार केन्द्रले आयोजित कार्यक्रममा दुवै शैक्षिक कार्यक्रमबारे औपचारिक जानकारी दिइएको हो ।

पाराङहा कोरियन भाषा केन्द्रका प्रोप्राइटर करण राईका अनुसार विद्यार्थी र परीक्षार्थीहरूमा स्मरण शक्ति, ध्यान क्षमता र सृजनशील सोच विकास गर्नका लागि आवश्यक सबै तयारी पूरा गरिएको छ । उनले भने, “हामीले विद्यार्थीहरूलाई पढाइप्रति आकर्षित गर्ने, आत्मविश्वास बढाउने र तयारी प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित यो विशेष कार्यक्रम सुरु गर्न लागेका हौँ ।”

कार्यक्रमका प्रशिक्षक सुसान शर्माका अनुसार “मेमोरी ट्रेनिङ र क्रिएटिभ लार्निङ” तालिमले विद्यार्थीहरूलाई पढेका कुराहरू लामो समयसम्म सम्झन, अध्ययनमा ध्यान केन्द्रित गर्न र सोच्ने क्षमतालाई सुदृढ बनाउन मद्दत पुर्‍याउनेछ । उनले भने, “यो कार्यक्रमले मन र मस्तिष्कलाई सन्तुलित रूपमा प्रयोग गर्ने तरिका सिकाउँछ, जसले अध्ययनमा मात्र होइन, जीवनका हरेक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउँछ ।”

सुसान शर्माका अनुसार यस कार्यक्रम अन्तर्गत माइन्ड पावर एन्ड फोकस कन्ट्रोल, फोटोग्राफर मेमोरी एक्टिभेसन, सबकन्सियस माइन्ड प्रोग्रामिङ, स्टोरी लिङ्किङ, मेजर सिस्टम र नम्बर मेमोरी, ब्लाइन्ड लर्निङ, म्यापिङ, मेमोरी प्यालेस टेक्निक, योग र ब्रेन एक्सरसाइज जस्ता विषयहरू समावेश गरिने छन् । साथै लोकसेवा तयारी कक्षा अन्तर्गत लेखन, सम्झना र विश्लेषणात्मक अध्ययन प्रविधिमा पनि ध्यान केन्द्रित गरिनेछ ।

पाराङहा कोरियन भाषा केन्द्रले विगत वर्षौँदेखि कोरियन भाषा अध्यापन गर्दै आएको र हजारौँ युवालाई कोरिया रोजगारका लागि सफलतापूर्वक पठाएको इतिहास रहेको छ । अब संस्थाले नयाँ आयामको रूपमा स्मरणशक्ति र सृजनशीलता विकासमा जोड दिने योजना अघि सारेको हो ।

केन्द्रले विद्यालय, कलेज, लोकसेवा, शिक्षक सेवा, SEE, SLC (+2) तहका विद्यार्थीहरूका साथै आत्मविकास चाहने सबैलाई यो तालिम उपयोगी हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्