गायक राजेश पायल राईले मागे सञ्चार र परराष्ट्र मन्त्रालय


काठमाडौं । गायक राजेश पायल राईले आफूलाई सञ्चार र परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिन आग्रह गरेका छन्। उनले अबेर राति फेसबुकमार्फत सन्देश सार्वजनिक गर्दै जेन–जेड आन्दोलनका प्रतिनिधिहरूसँग यस्तो अनुरोध गरेका हुन्।

फेसबुकमा पोस्ट गर्दै राईले लेखेका छन्, “जेन–जेड भाइहरू मलाइ सञ्चार र विदेश मन्त्रालय सम्हाल्न दिनुस्, प्रधानमन्त्री मागेको छैन किनकि म सञ्चार र पर्यटन सम्हाल्न सक्छु। यदि म भन्दा धेरै विदेश कोही पुगेको प्रमाण ल्याउन सकिन्छ भने मेरो पासपोर्ट र तिम्रो पासपोर्ट जाँच गरौँ।”

उनले थप लेखेका छन् कि पर्यटन, संगीत र सांस्कृतिक विकासका क्षेत्रमा आफू सक्षम रहेको र देशलाई यसमार्फत नयाँ दिशा दिन सक्ने दाबी गरेका छन्। राईका अनुसार, “आँट गर्नै हो भने असम्भव कहीँ छैन।”

प्रतिक्रिया दिनुहोस्