जेनजी आन्दोलनको मौका छोपी कारागारबाट भागेका एक कैदीले गरे बलात्कारको प्रयास


काठमाडौं । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१ का ३५ वर्षीय दीपक सुनार पुनः प्रहरी नियन्त्रणमा परेका छन्। जेनजी आन्दोलनकै दौरान काठमाडौं कारागारबाट भागेका सुनारलाई यस पटक बलात्कार प्रयासको आरोपमा पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) खडकबहादुर खत्रीका अनुसार, सुनारले ५० वर्षीया महिलामाथि बलात्कार प्रयास गरेका थिए। स्थानीयवासीले उनलाई नियन्त्रणमा लिएर तत्कालै प्रहरीलाई बुझाएका थिए।

सुनार यसअघि काठमाडौं कारागारमा सजाय भोगिरहेको अवस्थामा जेनजी आन्दोलनका बेला कैदीहरू फरार हुँदा भाग्न सफल भएका थिए। फरार कैदीहरूमध्ये पक्राउ परेकामध्ये उनी पनि एक हुन्।

एसपी खत्रीले भने, “स्थानीयले सक्रिय भूमिका खेल्दा सुनारलाई पुनः पक्राउ गर्न सकियो। उनीमाथि थप अनुसन्धान भइरहेको छ र अदालतको आदेशअनुसार फेरि कारागारमा पठाइएको छ।”

प्रतिक्रिया दिनुहोस्