बेलबारी २, ४, ७, ९ र १० का वडाध्यक्षहरूद्वारा पनि पार्टी र वडाध्यक्ष दुवै पद त्यागको घोषणा


बेलबारी (मोरङ) । जेनजी आन्दोलनलाई समर्थन जनाउँदै बेलबारी नगरपालिका वडा नं. २, ४, ७, ९ र १० का वडाध्यक्षहरूले पनि पार्टी र वडाध्यक्ष दुवै पदबाट राजीनामा दिएका छन्।

वडा नं. २ का कृष्ण गुरुङ, वडा नं. ४ का चन्द्र लिम्बु, वडा नं. ७ की सुनिता चौधरी, वडा नं. ९ का शालिकराम बस्नेत र वडा नं. १० का गंगा याक्खाले सामाजिक सञ्जालमार्फत पद त्याग गर्ने घोषणा गरेका हुन ।

आजै बेलबारी १ का अध्यक्ष मणि मगर, ३ का योगेन्द्र सुवेदी र ११ का बिक्रम राईले पनि राजीनामाको घोषणा गरेका छन् । वडाध्यक्षहरूसँगै बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद र उपप्रमुख नितु थापा कोइरालाले पनि पार्टी र जनप्रतिनिधिको जिम्मेवारी त्याग्दै जिनजीको आन्दोलनलाई समर्थन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्