जेनजी आन्दोलनको समर्थनमा बेलबारी–३ का तीन वडा सदस्यले पद र पार्टी सदस्यता त्यागे


बेलबारी (मोरङ) । बेलबारी नगरपालिका वडा नं. ३ का तीन जना वडा सदस्यले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन्। भोगेन्द्र राई र विमला तामाङले सामाजिक सञ्जालमार्फत यो घोषणा गरे भने चन्द्र राईले फोनमार्फत कोशी नेपाललाई जानकारी दिएका छन्।

तीनै जनाले वडा सदस्यको जिम्मेवारीसँगै पार्टीभित्रको साधारण सदस्यको पद पनि त्यागेको घोषणा गरेका छन्। सबै जना नेकपा एमालेका सदस्य थिए। भोगेन्द्र राई नेकपा एमाले बेलबारी–३ का अध्यक्ष, चन्द्र राई सदस्य र विमला तामाङ नगर कमिटी सदस्य तथा नेपाल महिला किसान मोरङकी अध्यक्षको जिम्मेवारीमा थिए।

तीनै जनाले आफ्नो राजीनामा Gen Z आन्दोलनको मागलाई समर्थन गर्दै दिएका हुन्। राजनीतिक विश्लेषकहरूका अनुसार, स्थानीय तहका जनप्रतिनिधिहरूले आन्दोलनको पक्षमा खुलेर पदत्याग गर्न थालेपछि युवा आन्दोलनको प्रभाव अझ व्यापक बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्