ज्ञानेन्द्र सुवेदीद्वारा कोशी प्रदेश सभा सदस्य र एमाले कमिटी पदबाट राजीनामा


काठमाडौँ । कोशी प्रदेश सभा सदस्य तथा नेकपा एमाले कोशी प्रदेश कमिटीका सदस्य ज्ञानेन्द्र सुवेदीले पदबाट राजीनामा दिएका छन्। ४ दशकभन्दा बढी समयसम्म पार्टी र देशको सेवा गर्दै आएका सुवेदीले सामाजिक सञ्जाल सुचारु गर्ने र भ्रष्टाचारविरुद्ध उठेको जेनजी आन्दोलनको माग सम्बोधन नगरी विद्यार्थी र नागरिकको ज्यान जाने असामान्य परिस्थितिको जिम्मेवारी लिँदै राजीनामा दिएका हुन्।

सुवेदीले सार्वजनिक सन्देशमार्फत भनेका छन्, “म हाल कोशी प्रदेश सभा सदस्य र एमाले कोशी प्रदेश कमिटी सदस्यबाट आजको मितिदेखि राजीनामा दिएको घोषणा गर्दछु। राजनीतिक यात्राको यो लामो यात्रामा साथ, सहयोग र विश्वास दिइरहनु भएका सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु। अबको दिनमा नयाँ पुस्ता, युवा ऊर्जा र जनताको चाहनासँगै देश र जनताको हितका लागि स्वतन्त्र भएर समर्पित रहने दृढ वाचा गर्दछु।”

उनले थप भनेका छन् कि वर्तमान सरकारको दमन र असंवेदनशीलताप्रति कडा विरोध गर्दै सत्य, न्याय र जनताको पक्षमा लडिरहने प्रतिज्ञा पनि उनले सार्वजनिक गरेका छन्।

प्रतिक्रिया दिनुहोस्