बेलबारी (मोरङ) । नेपाली काँग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति ३ (२) का सदस्य तथा बेलबारी नगरपालिका–१ का वडा अध्यक्ष मणि पुलामी मगरले पार्टी र जनप्रतिनिधिको पद दुवै त्यागेका छन्। पुलामी मगरले सामाजिक सञ्जालमार्फत आफूले पदत्याग गरेको घोषणा गरेका हुन्। उनले आफ्नो निर्णयलाई Gen Z आन्दोलनप्रति समर्थन र ऐक्यबद्धताको रूपमा व्याख्या गरेका छन्।
उनले भनेका छन्, “म बेलबारी–नपा वडा १ निवासी मणि पुलामी मगर, हाल बहाल रहेको नेपाली काँग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति ३ (२) को सदस्य तथा बेलबारी नगरपालिका–१ को वडा अध्यक्ष (जनप्रतिनिधि) पदबाट राजीनामा दिएको जानकारी सम्पूर्ण शुभचिन्तकलाई गराउँछु। मैले Gen Z युवा पुस्ताको आन्दोलनलाई समर्थन गर्दै राजीनामा दिएको हुँ। मेरो भावी कदम पनि आन्दोलनको मागप्रति ऐक्यबद्धता जनाउने उद्देश्यकै लागि हुनेछ।”