काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलित जेनजी पुस्तालाई वार्तामा सहभागी हुन अपिल गरेका छन्। उनले नागरिकले उठाएका मागहरू संवाद र वार्तामार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन आग्रह गरेका छन्।
राष्ट्रपतिले भनेका छन्, “लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरू थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपिल गर्दछु।”
उनले परिस्थितिको शान्तिपूर्ण समाधानका लागि सबै नागरिकहरूलाई सहयोग गर्न अनुरोध पनि गरेका छन्।