बेलबारी (मोरङ)। बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले पदबाट राजीनामा घोषणा गरेका छन्। भ्रष्टाचार विरोधी आन्दोलन र सामाजिक सञ्जाल सुचारु गर्नुपर्ने माग सम्बोधन नगरी विद्यार्थी तथा नागरिकको ज्यान जाने असामान्य परिस्थितिको जिम्मेवारी लिँदै उनले पार्टी र जनप्रतिनिधिको पद दुवै त्याग गरेका हुन्।
नगरवासीलाई सम्बोधन गर्दै नगरप्रमुख राईले भनेका छन्, “भ्रष्टाचार विरुद्ध र सामाजिक सञ्जाल सुचारु गर्ने मागसहित सुरु भएको जनसरोकारका मागलाई सम्बोधन नगरी विद्यार्थी र नागरिकको ज्यान लिई सिर्जना भएको असामान्य परिस्थितिको कारण पार्टी र जनप्रतिनिधिको जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु।”