काठमाडौँ । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको प्रदर्शन क्रममा आक्रोशित आन्दोलनकारीहरूले नेपाली काँग्रेसका उच्च नेताहरूको घरमा आगजनी गरेका छन्। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले मुख्य गेट फुटाएर भित्र प्रवेश गरी आगो लगाएको छ।
यता, काठमाडौँको नैकापस्थित काँग्रेस नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकको निवासमा पनि प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। घटनाले राजधानीमा राजनीतिक तनाव र सुरक्षा चुनौती बढाएको छ।
प्रहरी घटनास्थलमा पुगेको छ र थप हिंसा नफैलियोस् भन्ने उद्देश्यले सुरक्षा व्यवस्था कडा बनाइएको छ। यसबिच, घटनासँग सम्बन्धित थप विवरण सङ्कलन भइरहेको छ।