प्रधानमन्त्री ओलीको बालकोट निवासमा प्रदर्शनकारीद्वारा आगजनी


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। बिहानैदेखि बालकोट चोकमा भेला भएका ठूलो संख्यामा प्रदर्शनकारीहरू प्रधानमन्त्रीको घरतर्फ अघि बढेका थिए।

प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएर रोक्ने प्रयास गरे पनि प्रदर्शनकारीहरूलाई रोक्न असफल भएको थियो। प्रत्यक्षदर्शीका अनुसार, केही प्रदर्शनकारीले निवासभित्र प्रवेश गरेर आगजनी गरेका छन्। घटनाले राजधानीमा सुरक्षा चुनौती बढाएको छ।

स्थानीय सुरक्षा निकायहरूले घटनास्थलमा पहुँच बनाएर आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्। यसबीच, प्रदर्शनकारीहरूले नारा जुलुस जारी राखेका छन् र अन्य स्थानमा पनि विरोध प्रदर्शन फैलिने संकेत देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्