लिपि संरक्षणमा गुरुङ समुदाय


उत्तम पोख्रेल – बेलबारी / बेलबारीका कमल गुरुङको उमेर हेर्दा ३५ वर्षका जस्ता देखीन्छन । यस्तै बेलबारीकै रञ्जित गुरुङको पनि उमेर हेर्दा ४० नाघी सकेको जस्तो देखिन्छ ।


तर उनीहरू भख्खर मात्रै क, ख, ग सिकी रहेका छन् । आफ्नै भाषा लिपिको अक्षरहरू उनीहरू लेख्न सिकी रहेका छन् । उनी जस्तै प्रदेश नम्बर १ का १३ जिल्लाका ४० जना भन्दा बढी युवा युवती बेलबारीमा भेला भएर आफ्नो लिपिको संरक्षणमा जुटेका छन् । प्रदेश नम्बर १ को उदयपुर बाहेकका गुरुङ समुदायका युवा युवती आफ्नै भाषाका लिपि सिकी रहेका छन् ।

बन्द कोठामा आफ्नै भाषाका अक्षरहरू लेख्दै आफ्नै भाषामा उनीहरू बोल्न सिकिरहेका छन् । खेमा लिपिका अक्षरहरू लेख्नका लागि उनीहरू अहिले लागि परेका छन् । गुरुङ भाषाको लिपिलाई खेमा भनिन्छ । आफ्नो भाषा संस्कार लिपिको संरक्षणका लागि सिक्न थालेको रजितले बताए । खेमा लोप हुँदै जान थाल्यो उनले भने त्यही भएर हामी आफ्नो लिपिको संरक्षण गर्न जागरुपता देखाएका हौ ।

युवा पुस्तामा लिपि धर्म संस्कार सिकाउने उदेश्यले आफ्नै भाषामा लेख्न बोल्न सिकाउन थालिएको तमु ह्यूल छोंजधी गुरुङ राष्ट्रिय परिषद् मोरङका अध्यक्ष मनकुमार गुरुङले बताए । भाषा लिपि अपभ्रंश हुन थालेको समेत उनले बताए । उनले भने आफ्नै लिपिको नाम समेत धेरैलाई थाहा छैन ।


४ जात ३६ वर्णको फुलबारी भने पनि हामीले हाम्रा भाषा संस्कार संरक्षण गर्न सकेका छैनौ बेलबारी नगरपालिकाकी कार्यपालिका सदस्य विन्दु कला गुरुङले भनिन आउने पिडिले हामीले लगाउने पोसाक समेत चिन्दैनन् ।उनले भनिन हामीलाई सम्म चाहिँ थाहा छ आव आउने पिडिलाई थाहा नहुन्न सक्छ । उनका अनुसार छोरी मान्छेले लगाउने लुङ्गि, घल्याक,पटुकी,चौवन्दी वर्को तथा छोरा मान्छेले भाग्रा धोती र कछाड लगाउने गरेका छन् ।

बेलबारी नगरपालिकाको सहयोगमा शनिवार देखी गुरुङ समुदायका युवा युवती तमुभाषाको लिपि खेमा सिकिरहेका छन् । भाषा भाषीका लिपि धर्म संस्कारको संरक्षणमा स्थानीय सरकार गम्भीर भएर लागि परेको उनले बताए । धिमाल जाति बेलबारीको पहिलो जाति हो भन्ने प्रमाण पाउन हामीलाई एक वर्ष लागेको छ उनले भने एक सय ५० वर्ष पुरानो दस्ताबेज प्राप्त भएको छ उनीहरूलाई नगरको पहिलो आदिवासी घोषणा गर्छौ । उनले नगरपालिका सबै जनजातिका भाषा, लिपी, संस्कृति संरक्षण र प्रवर्धनको लागि गम्भीर रहेको समेत बताए

प्रतिक्रिया दिनुहोस्