भारतका प्रधानमन्त्री मोदीद्वारा नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना


काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नयाँ अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई पदभार ग्रहण गर्न हार्दिक शुभकामना दिएका छन्। मोदीले सामाजिक सञ्जाल एक्समार्फत नेपाली र हिन्दी दुवै भाषामा शुभकामना व्यक्त गर्दै नेपालको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

उनले लेखेका छन्, “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ।”

मोदीको यस सन्देशले दुई छिमेकी मुलुकबिचको मैत्रीपूर्ण सम्बन्ध र आपसी सहयोग अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्