जुवा तास खेल्दै गरेका ८ जना पक्राउ : ९७ हजार नगद बरामद


विराटनगर । मोरङ प्रहरीले विराटनगरमा जुवा तास खेलिरहेका आठ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–८ मधुमारा बस्ने गोविन्द राजवंशीको घरमा शनिवार साँझ छापा मार्दा उनीहरू पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असोज ९ गते साँझ करिब ६ः३० बजेको क्रममा तास खेलिरहेको अवस्थामा पक्राउ परेका व्यक्तिहरूसँग नगद ९७ हजार १ सय ६५ रुपैयाँ र पाँच बुँद तास बरामद गरिएको छ । बरामद सामग्रीसहित पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई आवश्यक अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीले चाडपर्वको समयमा जुवातास, सट्टेबाजीजस्ता गैरकानुनी गतिविधि नियन्त्रण गर्न गस्ती र निगरानी कडा पारिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्