बेलबारी उद्योग वाणिज्य संघका अध्यक्ष भेषकुमार श्रेष्ठले पदत्याग गरे


बेलबारी (मोरङ)। बेलबारी उद्योग वाणिज्य संघ, बेलबारी मोरङका अध्यक्ष भेषकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन्।

श्रेष्ठले यही भदौ २४ गतेदेखि लागू हुने गरी अध्यक्ष पद त्याग गर्ने निर्णय गरी संघको कार्यालय समितिलाई राजीनामा पत्र बुझाएका हुन्। पत्रमा उनले “आजको मितिबाट अध्यक्ष पदमा कार्यरत नरहने गरी राजीनामा दिएको छु” भन्दै अब आफूले कुनै पनि कार्यभार नसम्हाल्ने उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्