स्पेनिस ला लिगा फुटबलमा इबर पराजित : रियल मड्रिडको चार गोल


काठमाडौँ, २४ कात्तिक। इबरलाई रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा पराजित गरेको छ । शनिवार राति भएको खेलमा घरेलु टोली इबरलाई रियल मड्रिडले ४–० गोलअन्तरले पराजित गरेको छ ।

रियल मड्रिडको तर्फबाट करिम बेन्जिमाले दुई गोल गरेका थिए भने सर्जियो रामोस र फेडेरिको भ्यालभर्डेले एक गोल गरेका थिए । पहिलो हाफमा खेलको १७ औँ मिनेटमा बेन्जिमाले पहिलो गोलको खाता खोलेका थिए भने २० औँ मिनेटमा रामोसले गोल गरेका थिए । बेन्जिमाले खेलको २९ औँ मिनेटमा अर्को गोल गर्दै रियललाई ३–० गोलको अग्रता दिलाएका थिए ।

पहिलो हाफमा नै ३ खोल खाए पछि इबरलाई दबाबपुर्ण खेल भएको थियो । दबाबमा खेलेका इबरले दोस्रो हाफमा थप एक गोल खाएका थिए । फेडेरिको भ्यालभर्डेले खेलको ६१औं मिनेटमा थप एक गोल गर्दै जित हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्