प्रदेश सरकारद्धारा ११ वटा स्थानिय तहमा दमकल र प्रहरी भेन हस्तान्तरण


विराटनगर,२९ असोज । १ नम्बर प्रदेश सरकारले ११ वटा स्थानिय तहरूलाई दमकल र प्रहरी भेन हस्तान्तरण गरेको छ ।

प्रदेशको ११ जिल्लाका १र१ स्थानीय तहलाई मुख्यमन्त्री एकीकृत शान्ति सुरक्षा विपद ब्यवस्थापन र स्वास्थ सेवाका लागि १÷१ थान दमकल र प्रहरी भेन बिहीबार एक कार्यक्रम आयोजना गरि हस्तान्तरण गरेको हो ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले खरिद गरेको ५ करोड ६७ लाख २० हजार रुपैयाँ बराबरको ११ वटा बारुणयन्त्र र ६ करोड २८ लाख २७ हजार ४६० रुपैया बराबरको १४ वटा प्रहरी भ्यान हस्तान्तरण गर्नेछ ।

आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले दमकल र प्रहरी भेन हस्तान्तरण गरे ।तीनवटा हिमाली जिल्लाहरु ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुको लागि अर्को चरणमा तीन सामाग्री हस्तान्तरण गरिनेछ । बिहीबार सुनसरीको कोशी गाउँपालिका, मोरङको कानेपोखरी गाउँपालिका, झापाको कमल गाउँपालिका, ईलामको देउमाई नगरपालिका, पाँचथरको फिदिम नगरपालिका, तेह्रथुमको आठराई गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको हतुवागडी गाउँपालिका, खोटाङको खोटेहाङ गाउँपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका र उदयपुरको रौतामाई गाउँपालिकालाई ती सामाग्री हस्तान्तरण गरिएको हो । सेवा केन्द्रका लागि एम्बुलेन्स पनि उपलब्ध गराउने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । एम्बुलेन्स भने प्रक्रियामा रहेको बताइएको छ ।

कार्यक्रममा गाउपालिका महासंघ प्रदेश समितिका अध्यक्ष एवम् कानेपोखरी गाउँपालिका अध्यक्ष्य ताराबहादुर काफ्ले, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामङले बिपद् ब्यवस्थापन तथा शान्ति सुरक्षा कायम गर्न प्रदेश सरकारले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस्