मेचीनगरपालिका प्रमुख आचार्यलाई कोरोना पुष्टि


झापा, २९ असोज । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कनकाईमा रहेको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टबाट बुधबार उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको नगरपालिकाका सामाजिक शिक्षा विकास समितिका संयोजक नवीन बरालले बताएका छन् ।

उनी घरकै आइसोलेसनमा बसेका छन् । यसअघि झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई समेत कोरोना सङ्क्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्