फ्रान्समा उडिरहेको दुई विमान ठोक्किन्र्दा पाँच को मृत्यु


काठमाडौं, २५ असोज । उडिरहेका दुई विमान एक आपसमा ठोक्किएर फ्रान्समा पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनाग्रस्त हुँदा एक विमानमा ३ र अर्का विमानमा २ यात्रु रहेको बताइएको छ । स्थानीय समयअनुसार शनिबार फ्रान्सको दक्षिण–पूर्वी शहरमा उक्त लाइट विमानहरु दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ ।

दुर्घटना लगत्तै उद्धारका लागि ५० अग्निनियन्त्रक घटनास्थलमा खटाइएका थिए । विमान जमिनमा खस्दा त्यसले कसैलाई क्षति नपु¥याएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्