डा. केसीको जायज माग पुरा गनै थारु नेताको माग


काठमाडौँ , २३ असोज । अनशनमा रहेको डा. गोविन्द केसीको जायज माग पुरा गरी उनको जीवन रक्षा गर्न सरकारसँग थारु नेता लक्ष्मण थारुले माग गरेका छन् ।

काठमाडौंको रिपोर्टस क्लबमा नेता थारुले यदि अस्पतालको सैयामै अनशनरत डा. केसीको ज्यान गए आपूmहरुले प्रधानमन्त्री केपी ओली र संसदको ठुलो दलहरुलाई नछोड्ने थारुले बताएका छन् ।

उनले भने, ‘केसीका जायज माग पुरा गर्नुपर्छ । उहाँलाई यदि अस्पतालको सैयामा मारियो भने केपी ओली र संसदका ठुला दललाई कुनै पनि हालतमा हामी छोड्दैनौ ।’

खसान राष्ट्रिय संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले समितिको आन्दोलनमा आफूहरुको नैतिक भौतिक समर्थन रहने बताए ।

प्रतिक्रिया दिनुहोस्