कटारीमा कन्टेनर दुर्घटना हुँदा दुई जनाको मृत्यु


धरान,२२ असोज । उदयपुरको कटारी नगरपालिका–८ दमार भीरमा कन्टेनर आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सिद्धिचरण लोकमार्ग अन्तर्गत दमार भीरबाट करिब ९ सय मिटर तल खस्दा ना ५ ख नम्बरका नम्बरको कन्टेनरमा सवार ४० वर्षीय मिनबहादुर मगर र स्थान नखुलेको राजेशकुमार यादवको घटनास्थलमै मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

कन्टेनर ओखलढुंगाबाट आउँदै गरेको अवस्थामा अनियन्त्रित भएर सडकबाट तल खसेको र हाल मृतकको सनाखत हुन नसकेकाले शव कटारी अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्