जसपा निकट पहिचान राष्ट्रिय समितिहरुले डा. केसी को माग पूरा गर्न संयुक्त विज्ञप्ती निकाले


काठमाडौं , १९ असोज । सत्याग्रहमा रहेका डा. गोविन्द केसीको माग जायज रहेकोले जनता समाजवादी पार्टी (जसपा) पहिचान राष्ट्रिय समितिले उहाँको माग पूरा गर्न सरकारसँग अनुरोध गरेका छन् ।

अनशनमा रहेका डा. केसीको २२ दिनसम्म पनि सरकारले कुनै चासो र वास्ता नगरेको भन्दै नेताहरुले डा. केसीको माग पुरा गरी उनको जीवनरक्षा गर्न सरकारलाई अनुरोध गरेका हुन् ।

दुर्गम क्षेत्रका जनतालाई स्वास्थ्य र शिक्षामा सहज पहुँज पुर्याउनुपर्ने लगायत माग राखी १९औं अनशनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर हुदै गईरहेको छ । आज संयुक्त विज्ञप्ती निकालेर नेताहरुले भनेका छन्, ‘डा. केसीको अनशन २२ दिन पुगेर उहाँको स्वास्थ्य स्थिति चिन्ताजनक बनिसक्दा समेत सरकारले वार्ता गरेर माग पूरा गर्न कुनै गम्भीरता प्रस्तुत नगरेको स्थिति अत्यन्तै दुखद् र गम्भीर हुँदै गएको छ ।

जनता समाजवादी पार्टी नेपाल पहिचानमा आधारित राष्ट्रिय समितिहरु डा. गोविन्द केसीको मागहरुको पूर्ण समर्थन गर्दै उहाँको माग तुरुन्त सम्बोधन गरी उहाँको जीवन बचाउन सरकारसँग जोडदार माग गर्दछ ।’

‘सुदुरपश्चिमका जनताले उपचारका लागि भोग्नुपर्ने समस्यालाई ध्यानमा राखी सरकारलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु गर्नुपर्ने र अछामको बयलपाटाका मानिसहरुको स्वास्थ्य सेवाको जटिलतालाई हेरी बयलपाटा अस्पतालमा निशुल्क स्वास्थ्य सेवा सुचारु गर्नुपर्ने जनताका आधारभूत आवश्यकताका मागहरु राख्दैँ आईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्