इटहरी उपमहानगरपालिकाकामा अत्यावश्यक बाहेकका सेवा बन्द


इटहरी ,१९ असोज । इटहरी उपमहानगरपालिकाका कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएपछि असोज १६, १७ र १८ गते सम्मका लागि कार्यालय बन्द भएको थियो ।

कर्मचारीहरुलाई कोरोना पुष्टि भए सँगै ३ दिनका लागि बन्द गरिएको उपमहानगरपालिका कन्ट्रयाक ट्रेसिङबाट थप सेवाग्राही र कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि असोज २१ गते सम्मका लागि वडा कार्यालयहरुसहित उपमहानगरपालिकाको कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्