नेपालमा आज १,३५१ जनामा कोरोना संक्रमण पुष्टि : ७४२ जना डिस्चार्ज


काठमाडौं, १२ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ८० नमुना जाँचमध्ये आज १,३५१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७४२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ५४ हजार ६४० पुगेको छ । देशभर १९ हजार ६२४ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्