थप १८ जनामा कोरोना पुष्टि देशभर ३२२ प्रहरी कोरोना संक्रमित


काठमाडौं, १६ साउन । काठमाडौँ उपत्यकाका थप १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पताल महाराजगन्जमा स्वाब संकलन गरी गरिएको परीक्षणबाट आज बिहान थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अघि प्रहरी प्रधान कार्यालयमा कार्यरत ७२ जनामा कोरोना संक्रमण देखिएको थियो । प्रधान कार्यालय नक्सालको सवारी शाखामा कोभिड १९ को संक्रमण देखिएपछि कन्ट्याक टे्रसिङका आधारमा स्वाब संकलन गरी परीक्षण भइरहेको छ ।

प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतका अनुसार योसँगै देशभरमा ३२२ जना प्रहरी कोरोना संक्रमित भएका छन् । अहिले सम्म संक्रमित प्रहरीमध्ये १०१ जना डिस्चार्ज भएका छन् ।

प्रधान कार्यालयका अनुसार कोरोना पुष्टि भएका उपत्यकाका प्रहरीलाई उपचारका लागि सशस्त्र प्रहरी बलको बलम्बु अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्