विश्वभर कोरोनाबाट ६,७६,४९५ जनाको मृत्यु, १,७४,६६,६९५ संक्रमित


काठमाडौँ, १६ साउन । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ लाख ७६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर मृत्यु हुनेको संख्या ६,७६,४९५ पुगेको वल्र्डओमिटरले जनाएको हो ।

वल्र्डओमिटरको अनुसार १ करोड ७४ लाख ६६ हजार ६९५ जना संक्रमित पुगेको छ । अहिले सम्म १ करोड ९ लाख ३३ हजार ७१७ जना निको भएका छन् ।

सबै भन्दा बढी कोरोनाको प्रभाव रहेको देश अमेरिकामा मात्र ४६ लाख ३४ हजार ९८५ जना संक्रमित भएका छन् भने १ लाख ५५ हजार। २८५ जनाले ज्यान गुमाएका छन् । ब्राजिलमा संक्रमित संख्या २६ लाख १३ हजार ७८९ पुगेको छ भने ९१ हजार ३७७ जनाको मृत्यु भएको छ ।

नेपालको छिमेकी देश भारत पनि विश्वका बढी कोरोना प्रभावित देश मध्यमा एक पर्दछ । कोरोना संक्रमित हुने देशमा भारत तेस्रो स्थानमा छ । १६ लाख ३९ हजार ३५० जना संक्रमितको संख्या पुगेको छ भने ३५ हजार ८०२ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्