थप ३११ जना कोरोना संक्रमण पुष्टि : नेपालमा संक्रमित संख्या १८,७५२ पुग्यो


काठमाडौँ, १३ साउन । नेपालमा थप ३११ जना कोरोना भाइरस संक्रमित थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मंगलबार थप नयाँ ३११ जना संक्रमित थपिएको जनाएको हो ।

योसँगै १८,७५२ जना संक्रमित भएका छन् । आज निको भएर १२१ जना घर फर्किएका छन् । अहिले सम्म कुल निको हुनेको संख्या १३,८७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्