कोरोना संक्रमित १९ जना थपिए : प्रदेश १ अपडेट


विराटनगर, ६ साउन । प्रदेश १ मा आज १९ जना कोरोना संक्रमित थपिएका छन् । उदयपुरमा ८, मोरङ र झापामा ४–४, इलाममा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उदयपुरको वेलकामा ५ पुरुष, ३ महिला, मोरङको धनपालमा २, रतुवामाई र कटहरीमा १–१ पुरुष, झापाको मेचीनगरमा २, दमक र गौरीगञ्जमा १–१ पुरुष, इलामको इलाम नगरपालिकामा २ पुरुष र स्थायी ठेगाना सर्लाही भएका सुनसरीका १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय २४ पुगेको छ । प्रदेश १ बाट आज सम्म ७ सय १० जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज ६ सय ६९ जनाको कोरोना परीक्षण गर्दा ३ महिला र १६ जना पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो । उहाँका अनुसार आज सम्म प्रदेश १ मा ३७ हजार ६० जनाको कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३६ हजार २ सय ३६ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्