काठमाडौं, ५ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप १८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस साताको पहिलो दिन आइतबार १५७ जनामा कोरोना संक्रमित थपिएका थिए भने ५८ जना डिस्चार्ज भएका थिए । कूल कोरोना संक्रमितको संख्या १७ हजारभन्दा बढी पुगेको छ । देशभर सक्रिय संक्रमितको पाँच हजार ९३६ रहेको छ । पाँच सय भन्दा सक्रिय संक्रमित रहेका तीन जिल्लामा रौतहट कैलाली र बाजुरा रहेका छन् ।
यस्तै शून्य संक्रमित रहेका ८ जिल्लामा भोजपुर, पाँचथर, रसुवा, धनकुटा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला रहेका छन् । पछिल्लो २४ घण्टामा १७३ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट ११ हजार ८६८ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।
हालसम्म देशभरबाट ६६ दशमलव ५१ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार २१६ देशभरका प्रयोगशालामार्फत हजार जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभरका २२ हजार २२८ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४० जनाको मृत्यु भइसकेको छ । गत साताको आइतबार देशभर ८२ कोरोना भाइरस संक्रमित थपिएका थिए । त्यसअघिल्लो दिन शनिबार ७० जनामा कोरोना भाइरस देखिएको थियो । त्यसैगरी उक्त संख्या बढेर सोमबार १४४ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबार र बुधबार फेरि संक्रमितको ग्राफ घटेर ११६ मा झरेको थियो ।
कोरोना संक्रमिको संख्या बिहीबार उकालो लागेर १६७ पुग्यो भने शुक्रबार १०१ पुगेको थियो । शनिबार ५७ जनालाई मात्र कोरोना संक्रमण भएको पाइएको थियो । यस साताको आइतबार १५७ जनालाई कोरोना पोजेटिभ देखिएको थियो ।