कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ३८ डिस्चार्ज : प्रदेश १ को अपडेट


विराटनगर, ३० असार । प्रदेश १ मा आज ३८ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १३ महिला र ६ पुरुष, कोभिड १९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ६ महिला र ७ पुरुष र पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँबाट ६ पुरुष डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

डिस्चार्ज भएकामा मोरङका १६, उदयपुरका १३, सुनसरीका २, झापाका ५, इलाम र पाँचथरका १–१ जना रहेको छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ६ सय ४२ पुगेको छ । प्रदेश १ मा आज ६ जना कोरोना संक्रमित थपिएका छन् । धनकुटामा ३, झापा, सुनसरी र ते¥हथुममा १–१ जनामा कोरोना संक्रमण देखिएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार धनकुटाको छथर जोरपाटीमा २ पुरुष, शहिदभूमीमा १ पुरुष, झापाको शिवसताक्षीमा एक महिला, सुनसरीको भोक्राहामा एक पुरुष र ते¥हथुमको म्याङलुङमा १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ३६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्