काठमाडौं, २६ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ६०३ रहेको छ ।
हालसम्म देशभरबाट ८ हजार ११ जनाको उपचारपछि डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १२० कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका २५ प्रयोगशालामार्फत ४ हजार ८०५ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभरबाट ४८ दशमलव १ प्रतिशत मानिसहरू अस्पतालबाट डिस्चार्ज भएका छन् ।
हालसम्म नेपालमा दुई लाख ७५ हजार ९५१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
हालसम्म देशभरका क्वारेनटिनमा २३ हजार ९१० जना रहेका छन् भने हजार ८ हजार ६०३ जना कोरोना संक्रमित आइसोलेसनमा छन् ।
दुई लाख ६१ हजार ८६१ जनाको पीसीआर परीक्षण गरिएको छ । त्यसै गरी तीन लाख १२ हजार ४०२ जनाको आरडीटी परीक्षण गरिएको छ । सार्क सदस्य राष्ट्रसँग नेपाललाई तुलना गर्दा नेपाल पीसीआर परीक्षणमा अफगानिस्तान, बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतभन्दा अगाडि रहेको छ ।
प्रत्येक १० लाखमा हुने मृत्युदरका आधारमा पनि नेपाल बंगलादेश, भारत, माल्दिभ्स, अफगानिस्तान र पाकिस्तानभन्दा कम रहेको छ ।