काठमाडौं, २६ असार । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरूको प्रसारण नेपालमा बन्द गरेका छन् । च्यानल वितरक कम्पनीहरूले भारतीय समाचार च्यानलको प्रसारण बिहीबार साँझदेखि बन्द गरेका हुन्।
बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए । भारतीय सञ्चार माध्यमले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी विरुद्ध लञ्छनायुक्त समाचार सामग्रीहरू प्रसारण गरी रहेका छन् ।
भारतीय सञ्चार माध्यमहरूले नेपालका प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत अतिरञ्जित सामग्री प्रसारण गरेको भन्दै कम्पनीहरूले स्वतःस्फूर्त रूपमा त्यस्ता च्यानलको प्रसारण बन्द गर्ने निर्णय गरेको म्याक्स टिभीका उपाध्यक्ष शर्मालेको भनाई छ ।
आफूहरूले भारतीय समाचार च्यानलको प्रसारण बन्द गरे पनि इन्टरनेटमार्फत अहिले नेपालविरुद्धका अतिरञ्जित सामाग्रीहरू सर्वसाधारणले हेर्न सक्ने भएकाले यस सम्बन्धमा राज्यले ठोस नीति बनाउनु पर्ने उनको भनाई छ । र इन्टरनेटबाट आउने सामग्री रोक्न सरकारले नीति ल्याउनुपर्ने उनको भनाई छ ।