प्रदेश १ मा २ संक्रमित थपिए, १४ डिस्चार्ज


विराटनगर, २५ असार । प्रदेश १ मा आज २ जना कोरोना संक्रमित थपिएका छन् । झापा र सुनसरीमा १/१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको शिवसताक्षीमा १ र सुनसरीको बर्जुमा १ पुरुषमा संक्रमण देखिएको हो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ४ पुगेको छ ।

प्रदेश १ बाट शुक्रवार १४ जना डिस्चार्ज भएका छन् । २ महिला र १२ पुरुष डिस्चार्ज भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार पूर्वाञ्चल विश्व विद्यालय कोभिड १९ आइसोलेसन अस्पतालबाट ९ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना र कोभिड १९ आइसोलेसन केन्द्र चौदण्डीगढी उदयपुरबाट २ जना डिस्चार्ज भएका हुन ।

प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ५ सय ४१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्