प्रदेश १ मा थप ५ जना कोरोना संक्रमण पुष्टि : संक्रमित संख्या ६,७० पुग्यो


विराटनगर, २१ असार । प्रदेश १ मा आइतबार ५ जना संक्रमित थपिएका छन् । आइतबार मोरङमा २, झापामा २ र पाँचथरमा १ जनामा संक्रमण देखिएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको बेलबारी र मिक्लाजुङमा १–१ जना पुरुष, झापाको दमकमा १ महिला, १ पुरुष र पाँचथरको फिदिममा १ पुरुषमा सङ्क्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ७० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्