प्रदेश १ मा २१ जना डिस्चार्ज : कोरोना अपडेट


विराटनगर, २० असार । प्रदेश १ बाट आज २१ जना डिस्चार्ज भएका छन् । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १५ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना शुक्रवार डिस्चार्ज भएका हुन । आज डिस्चार्ज हुनेमा १३ महिला र ८ पुरुष रहेका छन् ।

मोरङबाट १२, सुनसरीबाट ५ र उदयपुरबाट ४ जना डिस्चार्ज भएका हुन । विराटनगरबाट डिस्चार्ज हुनेमा ३ वर्षका बालक देखि ४८ वर्ष सम्मका रहेको कोभिड १९ उपचार केन्द्र विराटनगर अस्पताल व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरू जेठ २७ देखि असार १२ गते सम्म भर्ना भएकाहरू हुन ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय २१ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या ६ सय ५३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्