विश्वभर कोरोनाबाट ५ लाख १३ हजारको मृत्यु, १ करोड ५ लाख ८५ हजार संक्रमित


काठमाडौँ, १७ असार । विश्वभर कोरोना भाइरस कोभिड १९ बाट १ करोड ५ लाख ८५ हजार भन्दा बढी संक्रमित भएका छन् । ५ लाख १३ हजार ९१३ जनाको मृत्यु भइसकेको छ ।

वल्र्डओमिटरका अनुसार अहिले सम्म कोरोनाबाट १ करोड ५ लाख ८५ हजार १५२ जना संक्रमित भएको हो । उपचार पछि ५७ लाख ९५ हजार ९ जना निको भएका छन् ।

कोरोनाबाट सबै भन्दा बढी प्रभावित देश अमेरिकामा २७ लाख २७ हजार ८५३ जना संक्रमित भएका छन् । १ लाख ३० हजार १२२ को मृत्यु भइसकेको छ । १४ लाख ४३ हजार ३३४ जना निको भएका छन् ।

नेपालको छिमेकी देश भारतको अवस्था पनि दिनानुदिन गम्भीर बन्दै गएको छ । भारतमा कोरोनाबाट ५ लाख ८५ हजार ७९२ जना संक्रमित छन् भने १७ हजार ४१० जनाको अहिले सम्म मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्