काठमाडौँ, १२ असार । विश्वभर कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ । वोल्र्डओमिटरले कोरोनाबाट ५ लाख १ हजार ३९३ जनाको मृत्यु भएको जनाएको हो ।
वोल्र्डओमिटरका अनुसार कोरोना संक्रमितको संख्या १ करोड ८६ हजार ९६९ पुगिसकेको छ । ५४ लाख ६४ हजार २७१ जना निको भएका छन् । विश्वमा कोरोनाबाट बढी प्रभावित देश मध्य पहिलो स्थानमा रहेका अमेरिकामा कोराइनाबाट १ लाख २८ हजार १५२ जनाको मृत्यु भइसकेको छ । २५ लाख ८६ हजार ५३७ जना संक्रमित भएका छन् भने १० लाख ८१ हजार ४३७ जना निको भएका छन् ।
नेपालको छिमेकी देश भारतलाई वाल्र्डओमिटरले कोरोनाबाट बढी प्रभावित देशमा चौथो स्थानमानै देखाएको छ । एसिया अन्तरगत भने भारत पहिलो स्थानमा छ । भारतमा कोरोना संक्रमितको संख्या ५ लाख २९ हजार ५७७ पुगेको छ भने १६ हजार १०३ जनाको मृत्यु भइसकेको छ ।