पोखरा, १० असार । गण्डकी प्रदेशका आठ जिल्लामा आज (बुधवार) बिहानै थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
लम्जुङमा ५, पर्वतमा १, स्याङ्जामा ७, कास्कीमा ५, गोरखामा १, तनहुँमा १ र नवलपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरूको संख्या ७२९ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।