काठमाडौँ, ९ असार । विश्वभर कोरोना भाइरस कोभिड १९ बाट ४ लाख ७४ हजार बढीको मृत्यु भइसकेको छ । संक्रमित संख्या ९१ लख ८८ हजार ३६२ पुगेको छ ।
कोरोनाबाट ४ लाख ७४ हजार ३३९ जना मानिसले ज्यान गुमाएको वल्र्डओमिटरले जनाएको हो । ४९ लाख ३७ हजार २८२ मानिस निको भएका छन् ।
विश्वमा सबै भन्दा बढी प्रभावित देश अमेरिकामा २३ लाख ८८ हजार १५३ जना संक्रमित पुगिसकेको छ । १ लाख २२ हजार ६१० जनाको मृत्यु भएको छ । १ लाख २ हजार ९२९ जना निको भएका छन् ।
नेपालको छिमेकी देश भारत एसियाको नै सबै भन्दा बढी कोरोना प्रभावित देश हो । वल्र्डओमिटरको तथ्याङ्क अनुसार बढी कोरोना संक्रमित मानिस भएको विश्वको देश मध्य भारत ४ स्थानमा छ । एसिया भित्र भने पहिलो स्थानमा आएको छ ।
भारतमा ४ लाख ४० हजार मानिस संक्रमित भएका छन् भने १४ हजार १५ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । २ लाख ४८ हजार १३७ मानिस निको भएका छन् ।