प्रदेश १ मा कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २३ जना डिस्चार्ज


विराटनगर, ८ असार । प्रदेश १ बाट आज २३ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १० र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज डिस्चार्ज भएकामा ४ महिला र १९ पुरुष रहेका छन् । डिस्चार्ज हुनेमा मोरङका १३, उदयपुरका ४, सुनसरी ३, झापा २ र ते¥हथुमका १ जना रहेका छन् । प्रदेश १ मा संक्रमितको संख्या ४ सय ६४ पुगेको छ । आज सम्म २ सय ५८ जना डिस्चार्ज भएका छन् ।१ सय ९० जना उपचाररत रहेका छन् ।

कोशी कोभिड विराटनगरमा २३, पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन केन्द्र सुन्दरहरैचामा ९८, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ६४, उदयपुरको चौदण्डीगढी आइसोलेसन केन्द्रमा ५ जनाको उपचार भइरहेको छ । आज संक्रमण देखिएकाको व्यवस्थापनको काम भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्