बझाङमा एक युवकले क्वारेनटिनमै आत्महत्या गरे


बझाङ, ८ असार । बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरी माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेनटिनमा एक युवकले आत्महत्या गरेका छन् ।

गए राति सोही वडाको बुडखोरीका ३० वर्षीय एक युवकले झुन्डिएर आत्महत्या गरेका हुन् । उनी ३ दिनअघि मात्र भारतको बैंग्लोरबाट आएर क्वारेनटिनमा बसेका थिए ।

वडा नम्बर ७ का अध्यक्ष पदम मण्डेलका अनुसार उनी ६ गतेदेखि क्वारेनटिनमा बसिरहेका थिए । तर गए राति अचानक उनी झुन्डिएर मृत्यु भएको अवस्थामा फेला परेका थिए ।

वडाध्यक्ष मण्डेलका अनुसार पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गर्न सदरमुकामबाट स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ आइरहेको छ । आत्महत्या गरेका युवकको आरडीटी समेत गर्न बाँकी थियो ।

प्रतिक्रिया दिनुहोस्