काठमाडौँ, ७ असार । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्याको २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गुल्मी छत्रकोट गाउँपालिका–५ का ६९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
उनी प्यारालाइसिसको उपचारका लागि भारत गएर जेठ २५ गते नेपाल फर्किएर होम क्वारेनटिनमा रहेका थिए । उनको असार ५ गते निधन भएको थियो । सोही दिन उनको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाइएको थियो ।
असार ६ गते सार्वजनिक रिपोर्ट अनुसार उनलाई कोरोना संक्रमण भएको पाइएको थियो । असार ६ गते उनको शव व्यवस्थापन नेपाली सेनाले गरेको बताइएको छ ।
https://youtu.be/zLsUPIXk2Fo