थप ३३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि : नेपालमा संक्रमित ८,६०५ पुग्यो


काठमाडौँ, ६ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको ८,६०५ संख्या पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या १,५७८ पुगेको छ ।

शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३१ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको बताए । जसमा ४९ महिला र २८२ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ । प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्