प्रदेश १ मा कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १० जनाको डिस्चार्ज


विराटनगर, ५ असार । आज (शुक्रवार) प्रदेश १ बाट १० जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत १० जना डिस्चार्ज भएका हुन ।

डिस्चार्ज हुनेमा खोटाङका ३, सुनसरीका ३, उदयपुरका २ र मोरङका २ रहेका छन् । डिस्चार्ज हुनेमा ४ महिला र ६ पुरुष २१ देखि ४० वर्ष उमेर समूहका रहेका छन् । आज डिस्चार्ज भएकाहरू जेठ २१ देखि २५ गते सम्म अस्पतालमा भर्ना भएकाहरू रहेको कोशी अस्पताल कोभिड उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले जानकारी दिएका छन् ।

१० जना डिस्चार्ज भएपछि प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या २ सय ३४ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या ४ सय २२ रहेको छ । आज झापाको दमक र मोरङको बुढीगंगामा १÷१ जना थपिएका छन् ।

विराटनगर, सुन्दरहरैचा र धरानमा अहिले १ सय ८८ जना उपचाररत छन् । कोशी कोभिड विराटनगरमा २५ जना, पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन सेन्टर सुन्दरहरैचामा ८५ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७८ जना उपचाररत रहेका छन् । आज संक्रमण देखिएका दुवै जनालाई विराटनगर ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्