थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि : नेपालमा संक्रमित ८,२७४ पुग्यो


काठमाडौँ, ५ असार । आज (शुक्रवार) थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार २१६ जना डिस्चार्ज भएका छन् । हालसम्म एक हजार ४०२ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । नयाँ संक्रमितमध्ये ८८ जना महिला र ३३८ जना पुरुष रहेका छन् । हालसम्म ७४ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्य महिला ७०७ र ७ हजार ५६७ पुरुष रहेका छन् । जसमा ९ महिला र २०७ जना पुरुष रहेका छन् । हालसम्म कोरोनाबाट २२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्