पर्वतमा थप पाँच जनामा कोरोना पुष्टि


पर्वत, ४ असार । पर्वत जिल्लामा आज (बिहीबार) बिहानै थप पाँच जनामा कोरोना पुष्टि भएको छ । कुस्मा नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेनटिनमा रहेका ४२ वर्षका एक पुरुष र २० वर्षकी एक महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

मोदी गाउँपालिका स्थायी ठेगाना भई कुस्मा नगरपालिकाको क्वारिन्टनमा रहेका वर्ष ३० का १ जना पुरुष, फलेवास नगरपालिका स्थायी ठेगाना भई कुस्मा नगरपालिकाको क्वारेनटिनमा रहेका ३० र ३७ वर्षका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९४ पुगेको शर्माले बताए । उनीहरू सबै भारतबाट फर्किएका हुन् । उनीहरूलाई पर्वत जिल्लाको कुस्मा नगरपालिकामा रहेको कोरोना अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको प्रवक्ता शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्