भारत र चीनका सेनाबिच झडप हुँदा लद्दाखमा तीन भारतीय सैनिकको मृत्यु


काठमाडौँ, २ असार । लद्दाखमा भारत र चीनका सेनाबिच झडप हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक अधिकृत र दुई जवान रहेको भारतीय सेनाले जानकारी दिएको छ ।
पूर्वी लद्दाखको गलवान् क्षेत्रमा गए राति दुवै पक्षका सैनिकबिच झडप भएको भारतीय सेनाको भनाइ छ ।

यस क्षेत्रमा चीन र भारतीय सेनाबिच यही वर्ष मात्र पटक–पटक झडपको वातावरण सिर्जना हुँदै आएको थियो । कूटनीतिक र सैन्य वार्ता सकारात्मक ढङ्गले अघि बढेको भनिएका बेला यो अवस्था आएको हो । चिनियाँ सेनातर्फ भएको क्षतिबारे जानकारी छैन ।

प्रतिक्रिया दिनुहोस्