काठमाडौँ, ३२ जेठ । एसियामा कोरोनाबाट सबै भन्दा बढी प्रभावित देश भारतमा ९ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । वाल्र्डओमिटरका अनुसार हाल सम्म ९ हजार १९९ जनाले ज्यान गुमाएका छन् ।
२४ घण्टा अघि सम्म कोरोनाबाट मृत्यु भएको सङ्ख्या वाल्र्डओमिटर ८ हजार ८९० जना जनाएको थियो । तर पछिल्लो २४ घण्टामा थप ३०९ जनाको मृत्यु भएको छ ।
भारतमा कोरोना संक्रमित सङ्ख्या ३ लाख २१ हजार ६२६ पुगेको छ भने १ लाख ६२ हजार ३७९ जना निको भएका छन् । भारत पछि इरान पनि एसिया भित्र सबै भन्दा बढी कोरोनाबाट प्रभावित देश हो ।
इरानमा संक्रमित सङ्ख्या १ लाख ८४ हजार ९५५ पुगेको छ । ८ हजार ७३० जनाको मृत्यु भएको छ भने १ लाख ४६ हजार ७४८ जना निको भएका छन् ।