स्याङ्जामा थप २२ जनामा कोरोना संक्रमित थपिए : संक्रमितको संख्या ६० पुग्यो


स्याङजा, ३१ जेठ । स्याङ्जामा आज (शनिबार) विहानै थप २२ जनामा कोरोना संक्रमण फेला परेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गल्याङमा १८ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै वालिङमा २ जना, अर्जुन चौपारी एक जना र ठेगाना नखुलेको एक जना रहेका छन् ।

अर्जुनचौपारीको ३ बर्षका बालक र ठेगाना नखुलेका ४ बर्षका बालकमा समेत कोरोना संक्रमण भेटिएको छ । भारतबाट आएर क्वारेन्टिनमा बसेका वालिङका ३३ र ३५ बर्षका पुरुषमा देखिएको छ भने गल्याङमा ६६, ४४, १६, २०, १८, २९, ३५, २३, १५, ४५, २५, २०, ३१, २५, २०, २०, २४, ३५ बर्ष उमेरका पुरुष रहेका छन् । उनीहरु सबैलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर बिनोद बिन्दु शर्माले जानकारी दिएका छन् ।

योसँगै स्याङजामा संक्रमितको संख्या ६० पुगेको छ । ३ जना उपचारपछि निको भएका छन् भने एक जनाको ज्यान गईसकेको छ । संक्रमितको संख्या बढ्न थालेसँगै स्याङ्जामा आइसुलेसनको अभाव हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्